Welcome to The Page Article Collection of Keki Adhikari, In This Page You will Find all of all keki adhikari's Articles Published in varioues News and internet. It is just Collection keki Adhikari's Articles for keki adhikari's Lovers and well wishers. Have Fun !
Font: font increase font decrease फेसबुकले दिक्क बनायो

तर अचम्मको कुरा के छ भने माथि उल्लेखित सबै नायिकाहरुको एक भन्दा बढि फसबुक अकाउन्टहरु छन् । त्यसमध्ये नायिकाहरु नम्रता श्रेष्ठ केकी अधिकारी तथा रेखा थापाको आधा दर्जन भन्दा बढि र ऋचा घिमिरे ऋचा सिँह ठकुरी अरुणिमा लम्साल झरना थापा निरुता सिँह नन्दिता केसी जस्ता नायिकाहरुको २ वा २ भन्दा बढि फेसबुक अकाउन्टहरु छन् ।
धेरै फेसबुक अकाउन्टहरु खोल्नुको कारण के तु भन्ने हाम्रो प्रश्नमा नायिका केकी अधिकारी ति सबै फेसबुक अकाउन्टहरु मैले खोलेको हैन मैले खोलेको अकाउन्ट एउटा मात्र छ जसको प्रोफाईल पिक्चरमा मेरो आँखा भएको फोटो छ अरु सबै फेक अकाउन्टहरु हुनू भन्छिन् ।त्यस्ता अकाउन्टहरुले आफुलाई दिक्क पारेको छू केकी थप्छिन् आफुले सम्मान गर्नुपर्ने ब्यक्तिहरुलाई पनि तिमी भनेर सम्बोधन गर्ने र छाडा कुराहरु लेखिदिने जस्ता हर्कतहरु बारम्बार भैरहेका छन् । <br>
लौ त्यसो भए त कुरो अर्कै परेछ ॥
नेपाली नायिकाहरुको फेसबुक अकाउन्टहरु सबै सक्कली हैन रै छ । केकीको कुराबाट भन्न मिल्दैन रूकतै अरु नायिकाहरुको फेसबुक अकाउन्टहरु पनि फेक त हैनन्
केकी र एसराजको प्रशंसा
गोपीकृष्ण मुभिजको व्यानरमा दयाराम दाहालले निर्देशन गरेको सो चालचित्रमा केकी र एसराज मुख्य भुमिकामा छन् । छायाँकनको अन्तिम चरणमा पुगेको सो चलचित्रको कामबाट निर्देशक सन्तुष्ट छन् । निर्देशक दाहाल भन्छन्, 'नयाँ भएर पनि काम अनुभवी कलाकारको जस्तो छ । म धेरै खुसी छु ।' निर्देशक दाहालकाले सुटिङका क्रममा गाली गरेका र नपिटेका कमै कलाकार मध्ये यि पनि परेका छन् । दाहाल भन्छन्, 'कहिले काहि मात्र गाली गरे जस्तो गर्छु तर राम्रो काम गरेकाले त्यति गालि गर्न परेको छैन ।'
निर्देशक दाहाल मात्र हैन सम्पूर्ण युनिट नै यिनको कामबाट सन्तुष्ट छ । नृत्यनिर्देशक कविराज गहतराजले पहिलो पटक नचाएको बताउँदै दुबै जना राम्रो नाच्ने कलाकार भएको बताए । उनले भने, 'राम्रो नाच्ने भएकाले यस चलचित्रका गीतहरूमा नयाँ नयाँ स्टेपहरू गराएको छु ।' यस्ता कलाकारहरूसँग काम गर्न रमाईलो पनि लाग्ने कविराजको भनाई छ ।
यता नायिका केकी पनि एसराजको तारिफ गरेर थाक्दिनन् भने एसराज पनि केकीको मुक्तकण्ठले प्रशंसा गर्छन् । एसराजले स्वरमा भन्दा धेरै राम्रो काम गरेको केकीको भनाई छ । नायिका केकीसँग दुई वटा म्युजिक भिडियोमा काम गरेका एसराजले नवनायिकाहरूमा सबैभन्दा मन पर्ने केकी नै रहेको बताउँछन् । नेपाली चलचित्रका मुर्धन्य व्यक्ति राजेश हमाल र करिश्मा मानन्धरसँग काम गर्न पाउँदा पनि यिनमा खुसीको सिमा छैन ।
यि कलाकार त खुसी छन् तर के दर्शक खुसी होलान् त ? आशा गरौं यो जोडीले सबैलाई खुसी बनाउने छ । चलचित्रको भाषामा भन्दा मायाको बारिमा फुलै फुल फुलाउने छ ।
च्याट गर्न मन पराउँदिनँ - नायिका केकी अधिकारी
म अचेल मोबाइल फोनबाट इन्टरनेट चलाउँछु । प्लस टु पढुन्जेल मैले पनि इन्टरनेटलाई रमाइलो साधन मानेको थिएँ । अहिले म ब्याचलर इन इन्फोर्मेसन म्यानेजमेन्ट गर्दैछु । इन्टरनेटको सञ्जालमा नछिरी त्यसको अध्ययन गर्न गाह्रो हुने भएकाले नेट सफिर्ङ गर्नु मेरा लागि इच्छा मात्र होइन, आवश्यकता पनि भएको छ । मलाई घण्टौ बसेर च्याट गर्न मन लाग्दैन । एक प्रकारले म इन्टरनेटमा च्याट गर्न मन पराउँदिनँ । मोबाइल फोनबाट इन्टरनेट चलाउन थालेपछि चार-पाँच महिना भयो, फेसबुक एकाउन्ट पनि खोलेकी छु । दिनको दुई पटक मात्र फेसबुकमा लग-अन हुन्छु । पहिले अरूले नै आफ्नो एकाउन्ट चलाइदिने तथा नाम र फोटो मिसयुज गरिदिन्छन् भन्ने डर थियो । चलचित्रमा अभिनय गर्न थालेपछि फेसबुक खोल्नैपर्छ भन्ने लागेर खोलेकी हुँ । केही दिनमा म मेरो 'फ्यान पेज’ पनि खोल्छु ।
मैले सही ढंगले इन्टरनेट चलाउन थालेको चार वर्ष जति भयो । कहिलेकाहीं घरमा बत्ति नभएको बेला वा सजिलैसँग इन्टरनेट नचलेको खण्डमा इम्पोर्टेन्ट मेल पठाउनु वा हेर्नुपर्ने हुँदा एकाध पटक साइबर छिरेकी छु । संसारभरिका चलचित्र क्षेत्रको जानकारी, नयाँ-नयाँ टेक्नोलोजीको ज्ञान आदि हासिल हुने भएकाले म पनि अचेल गुगल सर्च इन्जिनबाट विश्व चलचित्रजगत्लाई नियालिरहेकी हुन्छु ।
No comments:
Post a Comment